अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ: अमेरिकी विदेशमन्त्री

काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका विश्वको नेतृत्व गर्न पूर्ववत स्थितिमा फर्किएको बताएका छन्। महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताए।

बीबीसी समाचार समितलाई उनले दिएको पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिए। सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेको समाचारमा जनाइएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ।

अन्य सम्बन्धित समाचार:  जेल व्यवस्थापनका लागि बुरूण्डीमा ४० प्रतिशत कैँदी जेलमुक्त