देशभर थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म २ लाख ७३ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर १३६ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार ५३५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि