प्रतिबन्ध ‘फुकुवा’ गरे सरकारसँग वार्ता गर्न विप्लव तयार

काठमाडौँ। सरकारले प्रतिबन्ध ‘फुकुवा’ गरे नेकपा विप्लव पक्षले वार्ता गर्न तयार रहेको बताएको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।’

अन्य सम्बन्धित समाचार:  तत्काल मा‌ओवादीमा फर्किन सम्भव छैन: टोपबहादुर