बालुवा खानीमा पुरिएर दुई को मृत्यु

माेटरसाइकल

पाल्पा। जिल्लाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ। पूर्वखोलास्थित सोही वडामा बालीपोखराका १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया माया देवी सिंह को मृत्यु भएको हो।

बालुवा खन्नेक्रममा शनिबार दिउँसो माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। प्रहरीका अनुसार पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  मानवसेवा आश्रमलाई रु चार करोडको जग्गा