जर्मन बुन्डेसलिगा: बायर्न म्युनिख पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता तथा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ। शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो।

यस हारसँगै बायर्नले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ। बायर्नले २२ खेलमा ४९ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ।

फ्रान्कफर्ट ४२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ।

अन्य सम्बन्धित समाचार:  भारत र इंग्ल्याण्डको तेस्रो टेस्ट क्रिकेट आजदेखि