काठमाडौं। सरकारले कोरोनाभाईरस विरुद्धको १० लाख डोज खोप नेपाल ल्याउन लागेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसो साढे १ बजेको एयर इन्डियाको दिल्ली–काठमाडौंको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपाल भित्रिन लागेको हो।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा सो खोप आज ल्याउन लागेको जनाएको हो।
खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने मन्त्रालयले जनाएको छ।