नाभाल्नीको अपिल खारेज

राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको अपिल रुसको एक अदालतले खारेज गरिदिएको छ। उनले सजायका सर्त उल्लंघन गरेको मामिलाविरुद्ध अपिल गरेका थिए।

नाभाल्नीलाई जर्मनीबाट उपचार गराएर रुस फर्किएपछि हिरासतमा लिइएको थियो। त्यसपछि उनलाई सजायका सर्तको उल्लंघन गरेको मामिलामा दोषि ठहर गरिएको बीबीसीले जनाएको छ।

घातक नर्व एजेन्ट नोविचोक आक्रमण भएपछि नाभाल्नी उपचारका लागि जर्मनी गएका थिए। उनले आफूमाथि भएको उक्त आक्रमणको दोष राष्ट्रपति पुटिनमाथि लगाएका छन्। तर रुसी सरकारले नाभाल्नीको उक्त आरोप अस्वीकार गरेको छ।

अन्य सम्बन्धित समाचार:  जर्मनीमा लकडाउनको समय फेरि थप