प्रिमियर लिगमा लिभरपुलकाे लगातार तेस्राे हार

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। शनिबार राति भएको खेलमा भिरपुल एभर्टनसँग २–० गोल अन्तरले पराजित हुन पुग्यो । प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो खेलमा पराजय भोग्न बाध्य भयो।

लिभरपुललाई पराजित गरेको एर्भटन भने अंक बराबरी गर्दै सातौं स्थानमा उक्लिएको छ। दुवै टिमको अंक ४० भए पनि लिभरपुल एक स्थान माथि रहेको छ।

लिभरपुलको मैदानमा पाहुना टोली एभर्टन तेस्रो मिनेटमै अग्रता लिएको थियो। रिचार्लसनले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले दोस्रो हाफमा भने पेनाल्टी मार्फत गोल थप्दै जित निकाल्न सफल भयो।

८३ औं मिनेटमा जिल्फी सिगरसनले पेनाल्टी मार्फत गोल गर्दै २–० को जीत निश्चित गरेका थिए। यसैगरी प्रिमियर लिग अन्तर्गत फुलह्यामले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः टुसाल र नयाँबस्ती बराबरीमा रोकिए

यी दुवै टिम रेलिगेशन जोनमा छन्। वर्नले र वेस्टव्रोम गोलरहित बराबरीमा रोकिँदा चेल्सी र साउथ ह्याम्पटन पनि एक एक गोलको बराबरीमा रोकिएका थिए।

प्रिमियर लिगको शीर्ष स्थानमा ५६ अंक जोडेको म्यानचेस्टर सिटी रहेको छ भने दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड ४६ अंकसहित रहेको छ।