आज देशभरकाे मौसम सफा रहने

काठमाडौं। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आइतवार प्रदेश १ को पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

सोमवार प्रदेश १, गण्डकी र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय