पूर्व प्रधानमन्त्री भट्टराई दिल्ली जाँदै

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाने भएका छन्। भट्टराई आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भारत दिल्ली जान लागेका हुन्।

पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँको निदान अस्पतालमा भर्ना भएका थिए। परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन्।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुनेछ। उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ दिल्लीमा रहेको नेपाली दुतावासमा हुनेछ। भट्टराईसँगै पत्नी हिसिला र उनका प्रेस संगोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन्।

अन्य सम्बन्धित समाचार:  संसद्लाई प्रचण्डको पत्रः ओलीका काम कारबाही अनाधिकृत