बेलायतमा जुलाईसम्म वयष्कलाई खोप दिने तयारी

बेलायतमा सम्पूर्ण वयस्क नागरिकलाई आगामी जुलाईसम्ममा कोरोनाविरुद्धको खोप दिने तयारी गरिएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले वयस्कहरुलाई खोप दिइने तयारी गरिएको भन्दै यसबाट शारीरिक रुपमा कमजोर व्यक्तिहरु सुरक्षित हुने विश्वास व्यक्त गरे।

मृत्युदर कम गर्न खोप प्रभावकारी हुने उनको विश्वास छ। प्रधानमन्त्री जोन्सनले जुलाई सम्ममा वयस्कहरुलाइ खोप दिएपछि लकडाउन पनि खुकुलो पार्ने बताए।

बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि केही शहरहरुमा अझै पनि लकडाउन जारी छ।

बेलायतमा गत डिसेम्बरदेखि शुरु भएको खोप अभियानमा हालसम्म १ करोड ७० लाखले खोप लिइसकेका छन्। हाल ५० वर्ष भन्दा माथिकालाई खोप लगाउने क्रम जारी छ।

अन्य सम्बन्धित समाचार:  हवाई कारबाहीमा २३ लडाकू मारिए