केपी शर्मा ओली निरंकुश, गुटस्वार्थको बाटोमा तल्लीनः भीम रावल

काठमाडौं। नेकपाका स्थायी समिति सदस्य भीम रावलले उदाहरण दिदै प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश र स्वेच्छाचारी भएको बताएका छन्।

विराटनगरमा शनिबार प्रदेशसभामा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्ने चेतावनी दिएपछि नेता रावलले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन् ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं.२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ।’

अन्य सम्बन्धित समाचार:  देउवासहितका कांग्रेसका शीर्ष नेता चितवन जाँदै