अमेरिकामा उड्दै गरेको विमानमा आगलागी

अमेरिकामा उड्दै गरेको बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको छ। अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो।

आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो। आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ।

विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए। उनीहरु सबै सुरक्षित रहेका बीबीसीकाे खबरमा उल्लेख गरिएको छ। घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतको तमिलनाडुमा जारी लकडाउन ३१ मार्चसम्म थप