सुनको मूल्य आठ सय रुपैयाँ बढ्यो 

काठमाडौं। नेपाली बजारमा आईतबार सुनको मुल्य आठ सय रुपैयाँले बढेको छ। गत साता लगातार ओरालो लागिरहेको सुनको भाउ आइतबार महँगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ८८ हजार दुई सय रुपैयाँ कायम भएको थियो।

चाँदी तोलामा २५ रुपैयाँले महँगो भएको छ। गत शुक्रबार तोलामा एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार एक हजार ३ सय ३० रुपैयाँ कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  नेता भट्टराईद्वारा दोभानका आगलागी पीडितलाई पाँच लाख सहयोग