दोस्रो सन्तानकी आमा बनिन् करीना

काठमाडौं। बलिउड अभिनेत्री करीना कपूर खान दोस्रो सन्तानकी आमा बनेकी छिन्। अभिनेता सैफ अली खान पत्नी करीनाले गए राती छोरो जन्माएकी हुन्।

करीनालाई मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा गए राती नै भर्ना गरिएको थियो। करीना गर्भवती भएको खबर सार्वजनिक हुनासाथ उनले कहिले दोस्रो सन्तान भन्ने उनका फ्यानमा व्यग्र प्रतिक्षा थियो।

चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षणमा जाँदाका उनको तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्थे। यसैबीच हालसम्म करीना र सैफले दोस्रो सन्तानको बारेमा केही बोलेका छैनन्।

करीना आफू गर्भवती हुँदा पनि काममा सक्रिय थिइन्। उनी अस्पताल भर्ना हुने दुई दिन अघिसम्म पनि काममा व्यस्त थिइन्। उनले गर्भावस्थामा नै फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गरेकी थिइन्।