फेसबुकले गर्यो म्यानमारको सेनाको प्रमुख पेज बन्द

काठमाडौं। फेसबुकले म्यानमारको सेनाको प्रमुख पेज बन्द गरिदिएको छ। आफ्नो हिंसा रोक्ने मापदण्डअनुसार फेसबुकले सेनाको पेज बन्द गरिएको बताएको छ।

म्यानमारमा दुई प्रदर्शनकारीको मृत्यु भएको घटनापछि फेसबुकले म्यानमारको सेनाको पेज बन्द गरिदिएको हो। म्यानमारको सेनाले फेब्रुअरी १ मा गरेको कूको विरोधमा अहिले निरन्तर प्रदर्शन भइरहेको छ।

फेसबुकका एक प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी विश्वव्यापी नीतिअनुसार हामीले टाट्माडाव ट्रु न्युज इन्फरमेसन टिम पेज हटाएका छौं।’ आइतबार उक्त पेज फेसबुकमा भेटिएको छैन। यस विषयमा प्रहरीका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

पछिल्लो समय फेसबुकले मानव अधिकारको विषयलाई पनि संवेदनशीलरुपमा लिन थालेको छ। यसअघि सन् २०१८ मा पनि फेसबुकले म्यानमारका सेना प्रमुख मिन औंङ हालिङको पेज बन्द गरिदिएको थियो। त्यसका साथै अन्य १९ सेनाका अधिकारीहरुले चलाउने पेजहरु बन्द गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  म्यान्मार सैन्य कूपछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई आग्रह