देउवाले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिएको पौडेलको आरोप

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापती शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई साथ दिएको आरोप लगाएका छन्।

आईतबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताए। उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए।

उनले भने, ‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले। संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’

अन्य सम्बन्धित समाचार:  विप्लबसहितका नेता आज सार्वजनिक हुँदै