कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं। सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ। नयाँ दिल्लीबाट एयर इन्डियाको विमानमार्फत् १० लाख डोज खोप काठमाडौं आइपुगेको जनाइएको छ।

यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।

सो खोप यही फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने जनाइएको छ। खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम