प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

सामूहिक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपाको (प्रचण्ड–माधव) समूहका ६ जना कार्यकर्ता रहेका छन्। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार दहचोक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री ओली सोही बाटो हुँदै जाने तयारी थियो। प्रधानमन्त्री सडक मार्ग भएर जानेबेला कालो झण्डा देखाउन सडक छेउमा पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेकपाको प्रचण्ड–नेपाल समूहका दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्ट छन्। पक्राउ परेका ६ जनालाई नै महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा १०८ किलोको सुनको जलहरी राखियो