गोरखामा बस दुर्घटनाः सात जना घाइते

गोरखा। गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना भएको छ। उक्त दुर्घटनमा परि सात जना घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय गोरखाका अनुसार गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो। घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले जानकारी दिएका छन्। ‘यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको रहेछ,’ ढकालले भने, ‘त्यही बेला गाडी एक्कासी गुड्न पुग्दा दुर्घटना भएको रहेछ।’ केही यात्रुहरु भने गाडीबाट ओर्लन सफल भएको उनले बताए। चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  जिप दुर्घटनामा एक जनाको मृत्यु