देशभर थप ८० जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ३ हजार ३२५ जनाको नमुना परीक्षण गर्दा ३३ जना महिला र ४७ जना पुरुष गरी कुल ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ। उनीहरु मध्ये २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका छन्। आज एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छैन् भने हालसम्म २०६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई राहत