काठमाडौं। स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेशमा उपचार गराउन आउनु परेकोमा आफु लज्जित भएको बताएका छन्।
दिल्ली पुगेर नेपाली दूतावासको अतिथिकक्षमा बसेका डा. भट्टराईले सामाजिक संजालमा टिप्पणी गर्दै २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा आउनु पर्दा लज्जित र दुखित भएको जानकारी दिएको छन्।
उनले ट्वीटमा लेखेका छन् “मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिदै गर्दा अत्यन्त लज्जित र दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु। सामान्य नागरिकको के होला?”।
धन्यवाद,@gaunkomanchhey र मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!सामान्य नागरिकको के होला? https://t.co/uRGdFbtYHv
— Baburam Bhattarai (@brb1954) February 21, 2021