५ सय ७४ जना कर्मचारीे माग्यो त्रिविले

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। विभिन्न सङ्कायमा लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदका लागी ५ सय ७४ जना कर्मचारीको त्रिविले माग गरेको हो। आइतबार विज्ञापन प्रकाशन गर्दै त्रिविले विभिन्न संकायका लागि खुला प्रतियोगिताबाट पदपूर्तिका लागि ५ सय ३८ उपप्राध्यापक, २४ सहप्राध्यापक र १४ प्राध्यापक माग गरेको जनाइएको छ। आवेदन आगामी चैत १४ बजेसम्म दिन सकिने छ भने डबल दस्तुर तिरेर चैत २१ गतेसम्म आवेदन दिन सकिने छ।

प्राध्यापक पदका लागि ३ हजार ५ सय आवेदन दस्तुर तोकिएको छ भने सहप्राध्यापकका लागि ३ हजार २ सय र उपप्राध्यापकका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ। स्नातकोत्तर तह उतीर्ण गरेका व्यक्तिले हालसालै खिचिएको फोटो, आधिकारिक हस्ताक्षर, नागरिकता, स्नातक तहदेखि माथिका सबै योग्यताको लब्धाङ्कपत्र, प्रमाणपत्रहरु र समकक्षताको प्रमाणपत्र, बायोडाटा लगायतका कागजात पेश गर्नुपर्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  निःशुल्क आँखा शिविर सम्पन्न