दुर्घटनामा एक जनाको मृत्यु

राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले बस्ने २२ वर्षीय बिपिन चौधरी रहेको प्रहरीले जनाएको छ।

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१०च २५२४ नं कारले विपरीत दिशाबाट आउँदै गरेको बा२६प २२६० नंको मोटरसाइकललाई दुई दिनअगाडि ठक्कर दिएको थियो।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ भेडिया बस्ने ४५ वर्षीय प्रेम चौधरी र सिरहा लहान नगरपालिका–२० मल्हनमा बस्ने २५ वर्षीय अजीत चौधरी घाइते भएका छन्। उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विप्लव समूहका ३ जना कार्यकर्ता पक्राउ