विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको जानकारी दिएका छन्। पाँचौ इन्द्रदह पर्यटन महोत्सव आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) पक्षसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोर्होयाउन आफूले पहल गरिरहेको बताए।

उनले बैशासको कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउँदै दुवै चरणको निर्वान गर्न सरकार तयार रहेको दाबी गरे। प्रधानमन्त्री ओलीले बैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने जनाएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बारेमा कसैले राम्रो भनोस भनेर आफुले कार्य सम्पादन नगरेको बताउदै जनताको भलो गर्न कार्य सम्पदान गरिरहेको बताए।

अन्य सम्बन्धित समाचार:  कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्दै प्रचण्ड–माधव