मिलान डर्बीमा इन्टरको सानदार जित

लाउटारो मार्टिनेज र रामेलु लुकाकु चम्केपछि इटालियन सिरिए को मिलान डर्बीमा इन्टरले एसी मिलानमाथि सानदार जित निकालेको छ। शीर्ष २ टोलीबीचको आइतबार भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा इन्टर ३–० ले विजयी भएको हो।

मिलानविरुद्ध मार्टिनेजले २ र अर्का फरवार्ड लुकाकुले १ गोल गरेका थिए। लुकाकुको पासमा मार्टिनेजले पाँचौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दास्रो हाफ सुरु भएको केहि मिनेटमै मार्टिनेजले अर्को गोल थप्दै टोलीको पकडलाई बलियो बनाए।

इभान पेरिसिचको पासमा मार्टिनेजले ५७ औं मिनेटमा गोल गरेका थिए। तेस्रो गोल लुकाकुले ६६ औं मिनेटमा गरेका थिए। उनले पेरिसिचको सहयोगमा गोल गरेका थिए । यसपटकको सिरिएमा इन्टर र मिलानको प्रतिस्पर्धाले रोचक बनेको छ। साविक विजेता युभेन्ट्सले भने यसपटक मिश्रित खालको प्रदर्शन गर्दा उपाधि दौडमा केहि पछि रहेको छ।

अन्य सम्बन्धित समाचार:  इटालिएन सिरी ए: युभेन्टसको शानदार जित

जितपछि २२ खेलमा इन्टरको ५३ अंक छ भने दोस्रो स्थानको मिलानको ४९ अंक छ। त्यति नै खेलमा रोमाको ४३ अंक छ।