काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङमार्गको अवलोकन गरेका छन्। आइतबार प्रधानमन्त्री ओलीले नागढुङ्गाको दहचोक टुटेपाखामा पुगेर निर्मार्णाधिन सुरुङमार्गको अवलोकन गरेका हुन्।
सुरुङमार्ग निर्माणकार्यको विषयमा प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालले जानकारी गराएका थिए।
प्रधानमन्त्रीसँगै सुरुङमार्गको निरीक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ सुरुङमार्ग निर्माणस्थलमा पुगेका थिए।