इंग्लीश प्रिमियर लिग: आर्सनल १–० ले पराजित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ। गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जितसँगै शीर्ष स्थानको म्यान्चेस्टर सिटीले प्रिमियर लिगका २५ खेलबाट ५९ अंक जोड्दा समान खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ।

म्यान्चेस्टर युनाईटेडले गएराति न्युकासल युनाईटेडमाथि ३–१ को जित निकाल्यो। खेलमा म्यानयूलाई विजयी गराउन मार्कस रास्फोर्ड, ड्यानिएल जेम्स र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई २–१ ले हराउँदै वेष्ट ह्याम युनाईटेड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

यसैगरी एस्टन भिल्लालाई २–१ ले हराएको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  इटालियन सिरी ए: इन्टरको सहज जित