पशुपतिमा क्षमापूजासहित सुनको जलहरी राखिँदै

काठमाडाैं। पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो।

१ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवा डा. प्रदीप ढकालले जानकारी दिए।

जलहरी राख्नुअघि भारतबाट आएका २६ जना पण्डित तथा नेपालका १६ जना पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिहेको लक्ष्मण पन्थी बताउँछन्। सो पूजा आगामी बुधबारसम्म चल्नेछ।

अन्य सम्बन्धित समाचार:  ५६ वर्ष अगाडिको मुद्दामा ७० वर्षीय वृद्ध जेल