पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको उपचार आजबाट

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष ड. बाबुराम भट्टराईको उपचार आजबाट शुरु हुने भएको छ। भट्टराई आइतबार श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डेका साथ बाबुराम दिल्ली पुगेका थिए। उनीहरू दिल्लीस्थित नेपाली दूतावासमा बसेका छन् ।

भट्टराईको सोमबारदेखि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्समा उपचार हुने प्रेस सल्लाहकार पाण्डेले जानकारी दिए । सोमबार दिउँसो १स् ३० बजे वरिष्ठ चिकित्सक विक्रम भाटियाले भट्टराईको परीक्षण गर्नेछन् ।

भट्टराईले ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा न्युरो–इन्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको थियो । नेपालमा त्यो ट्युमर घातक भएरनभएको नखुलेपछि निदानका डा। नीरज जोशीले नै भट्टराईलाई चाँडै दिल्ली जान सुझाएको पाण्डेले बताए ।

अन्य सम्बन्धित समाचार:  रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता