‘प्रतिगमन’लाई जुत्ता हान्दै प्रचण्ड–नेपाल समूहका विद्यार्थी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन बिरुद्द आजपनि बिभिन्न कार्यएक्रमहरु गर्दैछ।

आज दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित सबै जिल्लामा विरोध प्रदर्शन गरिने भएको हो। यस्तै विद्यार्थी संगठन अनेरास्ववियुले पनि विरोधका कार्यक्रम गर्दैछ।

विद्यार्थी संगठनले ‘प्रतिगमन’ विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको छ। नारायणहिटी अगाडि  ‘प्रतिगमन’को प्रतिक बनाएर जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव समूहका विद्यार्थी नेता रञ्जित तामाङले जानकारी दिए।

कार्यक्रम दिउँसो २ बजे हुनेछ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड-माधव पक्षले विजय जुलुस निकाल्दै