काठमाडाैं। भारतमा फरी कोरोनाभाईरस संक्रमितहरु बढेका छन्। बिभिन्न ९१ जिल्लामा कोरोना बिरामीको संख्यामा बढोत्तरी देखिएको छ। यीमध्ये ३४ जिल्ला महाराष्ट्रका छन्। यहाँ पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्या निको हुने बिरामीको संख्याभन्दा बढी छ।
आइतबार भारतमा १३,९७९ नयाँ बिरामी भेटिए। यस्तै ९,४७६ संक्रमित निको भए, यसका साथै ७९ को मृत्यु भयो। ४,४१२ सक्रिय संक्रमित बढे जुन ८७ दिनमा सबैभन्दा बढी हो। यसअघि २५ नोभेम्बरमा ७,२३४ सक्रिय संक्रमित बढेका थिए। सक्रिय संक्रमित अर्थात् जुन बिरामीको उपचार चलिरहेको छ।
महाराष्ट्रमा कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएकोमा राज्य सरकारले चिन्ता व्यक्त गरेको छ। मुख्यमन्त्री उद्धव ठाकरेले सोमबारदेखि राज्यमा भीडभाडयुक्त राजनीतिक र धार्मिक कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले स्थितीमा सुधार नभए राज्य सरकार पुनः लकडाउन गर्न बाध्य हुने बताएका छन्।
उद्धव ठाकरेले आइतबार मानिसहरुलाई ८ दिनको अल्टिमेटम दिँदै लकडाउन नचाहने हरुलाई मास्क लगाउन आग्रह गरेका छन्।