काठमाडाैं। नेपालमा कोरोनाभाईरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत् गोदावरी नगरपलिका-२ का ७० वर्षीय संक्रमित पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो।
अस्पतालका अनुसार फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको थियो।
अस्पतालको कोरोना विशेष भवनमा थप एक जना कोरोना सङ्क्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बेदकोट नगरपालिका-७ का ५० वर्षीय पुरुष भेन्टिलेटरमा उपचाररत् रहेको अस्पतालले जनाएको छ।