डडेल्धुरामा २ कक्षामा पढ्ने बालिकालाई जबरजस्ती करणी गर्ने ४७ वर्षीय शिक्षक पक्राउ

करणी पक्राउ

धर्मराज भट्ट, डडेल्धुरा। डडेल्धुरामा कक्षा २ मा अध्ययनरत बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षक देवीलाल भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीसमक्ष कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता इन्स्पेक्टर राजेन्द्र चन्दले बताए।

उनका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुवैको मेडिकल टेस्टको काम भइरहेको छ। भट्टलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाइएको चन्दले बताए।

अन्य सम्बन्धित समाचार:  पहाडी जिल्लाका विद्यार्थीले डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने