सुनको मुल्य स्थिर

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ। आज नेपाली बजारमा आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको तोलाको ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।

साथै यता चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बृद्धि भएको छ। सामान्य बृद्धिसँगै आज चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा जुम्ला पर्न सकेन