एकै परिवारका तीन जना मृत भेटिए

माेटरसाइकल

गोरखा। गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका डिलबहादुर गुरुङसहित तीन जना सोमबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।

मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्। आइतबार राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेर्दा उनीहरु मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए।

घटनास्थलमा बारपाक प्रहरी चौकीबाट प्रहरी पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको मुखमा फिँज आएको पाइएको हत्या गरेजस्तो नदेखिने एसपी गरुङले जनाएका छन्। थप अनुसन्धान पछि मात्र घटनाको बारेमा बताउन सकिने उनले बताए।

अन्य सम्बन्धित समाचार:  आगलागी दश लाखको क्षति