तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो नियन्त्रणमा आएन

आगलागी

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका­९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्।

विद्युत सर्ट भएर लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन्। हाल चारवटा दमकलमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए।

कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ। आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  ५६ वर्ष अगाडिको मुद्दामा ७० वर्षीय वृद्ध जेल