चार ठाउँमा फाइभजी परीक्षण गर्दै टेलिकम

काठमाडौं। कतिपय देशहरुमा पाँचौँ पुस्ताको मोबाइल इन्टरनेट (फाइभजी)को परीक्षण सुरु भइरहेको बेला नेपालमा पनि यसको अध्ययन सुरु गरिएको छ।

फाइभजी प्रविधि भित्रिनुभन्दा पहिला नेपालले गर्ने तयारीस्वरुप नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले यसको कानुनी र प्राविधिक परीक्षणको तयारी सुरु गरेका हुन्। सो क्रममा नेपाल टेलिकमले चार स्थानमा फाइभजी परीक्षण हुने भएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र वीरगन्जमा उक्त परीक्षण गर्ने भएको हो। ‘चार स्थानमा फाइभजी परीक्षण गर्ने तयारी छ’, जोशीले भने, ‘त्यसको लागि पूर्वतयारी केही आवश्यक पर्नेछ।’ अहिले टेलिकमले फोरजी सेवा विस्तार गरिरहेको छ। फोरजी सेवा विस्तारको अन्तिम चरणमा फाइभजी परीक्षण गरिने जोशीले जनाए।

अन्य सम्बन्धित समाचार:  श्रीमती हत्या आरोपमा एक जना पक्राउ