दोस्रो चरणको खोप अभियानमा ५५ वर्षमाथिका नागरिक पनि

काठमाडौं। सरकारले नेपालमा फागुन २३ गतेदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई पनि संलग्न गराउने योजना बनाएको छ।

दोस्रो चरणका लागि आवश्यक कोभिड खोप हाल नियमित खोप कार्यक्रम सञ्चालन हुने गरेका २,००० भन्दा बढी खोप केन्द्रसम्म र्पुयाउने योजनामा सरकार भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

पहिले ६० वर्षमाथिका मात्रै भन्ने थियो, अब त्यो उमेर समूहलाई ५५ बनाएका छौँ। औषधि पसल र प्रयोगशालामा काम गर्नेहरू, विश्वविद्यालय र विद्यालयमा काम गर्ने सबै कर्मचारी र सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीलाई पनि समावेश गरेका छौँ, डा. अधिकारीले भने।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि