नेपाल राष्ट्र बैंकले ८ वर्षे ऋणपत्र बिक्रि गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्रि गर्दैछ। सोमबार एक विज्ञप्ति जारी गरेर बैकले ८ वर्ष अवधिको ऋणपत्र २०८५ बिक्रि गर्न लागेको जनाएको हो।

बैंकका अनुसार उक्त ऋणपत्रमा ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ। ऋणपत्रमा धितो राखेर कर्जा लिन र दिन पाइने व्यवस्था बैंकले गरेको छ। बोलपत्रमा फागुन ११ गते हुनेछ भने निष्कासन फागुन १२ गते भएर ऋणपत्रको साँवा २०८५ साल फागुन १२ गतेसम्म भुक्तानी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

अन्य सम्बन्धित समाचार:  फेरि हवाई भाडा बढ्यो