काठमाडौं। प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव समुह निकट दलित मोर्चाको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन भएको छ। प्रतिनिधि सभा विघटन लगायत सरकारको प्रतिगामी कदमको विरोधमा मोर्चाका कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका जनाइएको छ।
प्रदर्शनमा सहभागीहरुले ‘केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमको विरोध गरौँ’ लेखिएका पम्प्लेट बोकेका थिए।