प्रधानमन्त्रीको पुतला बनाएर विद्यार्थीले गरे जुत्ता प्रहार

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर जुत्ता प्रहार गरेका छन्। सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन्।

सो क्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  हाम्रो पार्टीमा रघुजी पन्तहरु छैनन्ः कोमल वली