नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं। साताको दोस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। तर हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य भने उकालो लागेको छ। नेप्सेमा कारोबार हुने सबै समूह घटेर राताम्मे देखिँदा समेत हाइड्रोपावर र अन्य समूहमा रहेका केहि कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ। ‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेको छ।

आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो। हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो।

अन्य सम्बन्धित समाचार:  नेप्से ५९.७० अंकले घट्यो

आज धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीहरुकै लगानीकर्ताहरु देखिएका छन् । दोस्रो बजारमा सूचीकृत भएर कारोबार शुरु भएसँगै लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को सेयर मूल्य सोमबार पनि १० प्रतिशतले बढेको छ।