जावलाखेलमा चेकिङबाट भागेको स्कुटरलाई बसले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं। ललितपुरको जावलाखेल चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्युु भएको छ। रत्नपार्क हुुँदै भैँसेपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुुटरचालक महिलाको मृत्युु भएको जनाइएको छ।

स्कुटरचालकको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण वज्राचार्यले बताइन्।

दुर्घटना हुने बेला जावलाखेल ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको वज्राचार्यको भनाइ छ। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  दश लाख नगदसहित दुई महिला पक्राउ