देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै हालसम्म २ लाख ७३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल देशभर १ हजार ५२९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

आज देशभर ९० जना कोरोना संक्रमति निको भएका छन् भने आज एक जना कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारत: कोरोनाको नयाँ स्ट्रेन १८ राज्यमा