काठमाडौं। विप्लव पक्षका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको जनाइएको छ।
बास्तोलालाई गैर कानुनी रुपमा हिरासमा राखिएको दाबी गर्दे दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्का र माथेमाको सयुक्त ईजलासले सो आदेश दिएको हो।
बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित देखिएन तत्काल थुनाबाट मुक्त गरिदिनु आदेशमा भनिएको छ।