डा.बाबुराम भट्टराईलाई भोलि अस्पताल भर्ना गरिने

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् जनता समाज पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि दिल्ली पुगेका छन्।
उनी नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा भर्ना हुने उनको सचिवालयले जनाएको छ। दिल्ली गएलगत्तै उनी सो अस्पतालमा प्रारम्भिक रूपमा स्वास्थ्य परीक्षणमा गएका थिए।

उनलाई मंगलबार अस्पतालमै भर्ना उनका स्वकीय सचिव विश्वदीप पाण्डेले बताए। भट्टराई लामो समयदेखि निदान अस्पतालमा उपचार गराउँदै आएका थिए। उनको पेटमा समस्या रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  चितवनको कार्यक्रम छाडेर काठमाडौं आउँदै प्रचण्ड र माधव