विप्लव नेता बास्तोला रिहा भए लगतै पक्राउ

काठमाडौं। विप्लव पक्षका नेता धर्मेन्द्र बास्तोला पुनः पक्राउ परेका छन्। अदालतले रिहा गर्ने आदेश दिए लगतै नेता वास्तोलालाई पक्राउ गरिएको जनाइएको छ। न्यायाधीश मिरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थिए।

काभ्रेमा उहाँको मुद्धा परेको छ। त्यसैको लागि नियन्त्रणमा लिएका हौं। उहाँलाई काभ्रे नै लगिने छ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सुशिल सिंह राठौंरले भने।

पुष २९ गते महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले विप्लव पक्षका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोलालाई नियन्त्रणमा लिएको थियो। ललितपुरले विषेश सूचनाको आधारमा ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट उक्त पक्षका केही नेता तथा कार्यकर्ता समातेको थियो।

अन्य सम्बन्धित समाचार:  आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा