सिरहामा दुई बर्षे वालक अपहरणका नाईके काका

सिरहामा दुईवर्षीय बालक प्रियान्सुलाई आफ्नै काकाले अपहरण गरेको खुलासा भएको छ। घरको आँगनबाटै वेपत्ता बनाई भारतबाट उद्धार गरिएका बालक प्रियान्सुको नातामा काका पर्ने कुलदीप यादव र सिरहा नगरपालिका १५ सुखचैना २३ वर्षीय भरोसी यादवको संलग्नता रहेको प्रहरीको भनाइ छ।

दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको हो।

काका भरोसीकै योजनामा बालकको अपहरण गरी भारत लगेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताए।

दुबैजनालाई आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

गएको माघ २० गते राति साढे ८ बजे आफ्नै घरको बरण्डाबाट सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदिप यादवका २ वर्षीय छोरा प्रियांसुको अपहरण भएको थियो।

अन्य सम्बन्धित समाचार:  रौतहटबाट अवैध सालको काठ बरामद