इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ। गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोलले पराजित गरेको हो।
युभेन्ट्सलाई घरेलु मैदानमा जित दिलाउन क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन केन्नीले १ गोल गरे।
जितसँगै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसको २२ खेलबाट ४५ अंक छ। यता क्रोटोन भने २३ खेलबाट १२ अंकसहित तालिकाको पुछारमा छ।